भन्छन्
पुरुषको हृदय कठोर हुन्छ। पत्थर जस्तो मुटु हुन्छ। निर्दयी हुन्छ,
स्वार्थी हुन्छ र घमण्डी पनि। सधैं र सबै जहाँतहीँ यस्तै बैगुनले भरिएको
मान्छे -पुरुष) मात्र हुन्छन् भन्ने छैन। यो भन्दा फरक गुण भएको मान्छे पनि
हुन सक्छन्। २ करोड ५० लाख नेपाली जनता सबै महिला-केटी, दयालु,
निस्वार्थी, कोमल हृदय, सरल, सिधा र झूठ नबोल्ने हुन्छन् भन्ने पनि छैन।
धोका धेरै पुरुषले मात्र दिन्छन् उनीहरू स्वार्थ पूरा गर्न आकाशको तारा
झार्छन् भनेर जुन आरोप हामी पुरुषलाई लगाउँछन् त्यो भन्दा नीच जो जसले
माया-प्रेम भन्दा ठूलो सम्पत्तिलाई ठानेर एउटा सानो संसारभित्र रमाई-खेली
हाँसी बाँचिरहेको व्यक्तिलाई खोले फाँडो जे-जस्तो खाए पनि थोत्रो झुम्रो
टालेको जे-जस्तो कपडा लगाएको मान्छेलाई आ-आफ्नो स्वार्थ पूरा भएपछि नाङ्गो
झार पारेर अझ सडक छाप बनाउँछन्। घरको न घाटको पार्छन्। यस्तै-यस्तै
घट्नाबाट पीडित, यसै घट्नामा आधारित कथा हो यो। जीवनमा दुःखेको कहिल्यै
नमेटिने अनि कहिल्यै नबिर्सने क्षण अनि अविस्मरणीय कथा हो यो। अथवा स्मरण।
मेरो घर सिन्धुपाल्चोक जिल्ला मांखा गाविस वडा नं. ९ जलबारीमा पर्छ। निम्न परिवारमा हर्ुर्केको, साधारण लेखपढ। गाउँमा नुन, तेल आदि गर्न शहर धाउनै पर्छ। म साधारण ट्रेक गर्ने गर्थें। यता गार्मेन्टमा काम पनि गर्थे। ब्रि्रया सप्य्रा सबै अटाउने ठाउँ हो काठमाडौं। म काठमाडौं बस्दा ठूलो आमा पर्ने बसुन्धरा बस्नुहुन्थ्यो। उहाँ रिटायर नेपालको र्सइ रामबहादुर तामाङ्गको कान्छी श्रीमती हुन्। उहाँको माइती सिन्धुपाल्चोक ठूलो धादिङ्ग हो। खाडीचौरमा मेरो आमा र ती ठूली आमाको परिचय भएको हो। यही परिचयको आधारमा म बसुन्धरामा ठूली आमा कहाँ जाने आउने गर्थें। मलाई उहाँले छोरा भनेर बोलाउनु हुन्थ्यो र छोरा जस्तै माया गर्नुहुन्थ्यो। ठूलोआमासँग मुना सुब्बा पनि बस्ने गर्थिन्। उनी ठूलीआमाले धर्मपुत्रीको रुपमा पालेर राखेको रहिछन्। उनको नागरिकताको नाम गंगा लामा हुन् तर सबैले मुना सुब्बा भनेर चिन्दा रहेछन्। यसरी मेरो जाने आउने क्रम चलिरह्यो। एकदिन दुई दिन गर्दागर्दै ऊ र मेरो मित्रता बढ्दै गयो। अब हामी एक अर्का बिना बाँच्न नसक्ने भयौं। हाम्रो माया प्रिति बढेको कुरा ठूलीआमाले पनि थाहा पाइसक्नुभएछ। तर पनि थाहा नपाए झैं गर्नुभयो।
'मुना ! एकपटक तिमीलाई भेट्न चाहन्छु'
मैले भाग्ने निर्णय गरें तर भाग्ने मौका मिलेन। एकदिन एकजना... ले भाग्ने मौका यही भाग भनेर मुनालाई समय दिनुभएछ। त्यही समयतालिका अनुसार हामी भाग्यौं। भागेर हामी रामभेटी कान्छा लामाको कोठामा एकरात बस्यौं। त्यो नै हाम्रो पहिलो सुहागरात थियो। त्यसपछि हामी पोखरा हुइकियौं। पोखरामा झन्डै हामी एकमहिना भन्दा बढी बस्यौं। हामी त्यहाँ काली होटलमा बस्यौं। मुनाले २०/२५ हजार बोकेकी थिइन् भने मैले ५/६ हजार मात्र। मुनाले खासै खर्च गरिनन्। मसँग भएको सबै खत्तम भयो। कान्छा लामाको कोठामा सुहागरात मनँएपछि पोखराको लेकाली होटल हनिमुन सेन्टर भयो। एकमहिना भन्दा बढीको लामो बर्साईंपछि हामी काठमाडौं फक्र्यौं। काठमाडौंको चुच्चेपाटी पानीटंकी -महाँकाल) बिरु लामाको कोठामा एकरात बस्यौं। त्यसपछि चुच्चेपाट्टी पानी टंकी अगाडि डेरा लिएर झन्डै २/३ महिना बितायौं। खै मुनालाई के भएछ कुन्नी ठूली आमालाई फोन गरेर बोलाइछन्। मुनाको आमा कोठामा आउनुभयो र मलाई २/४ थप्पड लगाउनुभयो। मैले कुनै प्रतिकार गरिन। मुनालाई झोला-पोका-पोकी पारी जाउँ भन्नुभयो। मलाई केही नभन्नुभएन तर मुनाले जाऔं भनेपछि सँगै लागें। त्यतिखेर ठूलो आमाले धुम्बाराहीमा किराना पसल थाप्नुभएको रहेछ। मलाई धुम्बाराही लाहुरेको घरमा राख्नुभयो। त्यो रात मुना र मेरो भेट भएन। भोलिपल्टदेखि हामी एउटै ओछ्यान भयौं। मुनाले सिक्किममा एस.एल.सी. गरिसकेकी र नेपाल आएर आफ्नो पढाइलाई अघि बढाएर बि.ए. सम्म पुर्याएकी थिइन्। मैले धुम्बाराहीमा नोकर सरहको जीवन बिताउनुपर्यो। ठूलो आमाले ट्रेकिङ्ग लाइनमा सर्ेपा काम लगाइदिनुभयो। म त्यहाँ नोकर सरह भए पनि खान पकाउन र कपडा धुन भने लगाउँदैनथे। मानौं घर ज्वाईं। दिनभरीको दिक्क रातमा मुनासँग हुँदा सबै बिर्सन्थें। मैले कमाएको एक-एक पैसाको हिसाब मुनालाई बुझाउनुपथ्र्यो। कुनै दिन साथी कहाँ बसेर एक रात सबसेन्ट भयो भने स्पष्टिकरण दिनुपथ्र्यो। यसरी हेर्दा मुनाले मलाई साह्रै माया गर्थिन्। म त्यहाँ त्यसरी रहे पनि म र मुनाको संसार राम्रै थियो। मलाई लाग्थ्यो हामी कहिल्यै छुट्टिनौं। कहिलेकाहीँ मुनाले भन्ने गर्थिन् रत्नको पढाई पनि छैन जागीर खान। बाहिर देश पढाइदिऔं भन्ने कुरा पनि नचल्या हैन। तर भोलि-भोलि भन्दा-भन्दै मलाई विदेश पठाउने कुरा पनि हरायो। बिस्तारै-बिस्तारै मुनालाई ठूली आमाले 'सुगा' लाई पढाए झैं पढाउनुभएछ। १० महिनाको लागि मात्रै मुना मेरी भइन्। मलाई मुनाबाट छुटाउन ठूली आमाले एकपटक पैसाको प्रलोभन पनि देखाउनुभयो र मलाई २ लाख हातमा दिएर आज मलाई फुर्सद् छैन यो पैसा लगेर बैंकमा जम्मा गरेर आउ भन्नुभयो। न नपढेको भए पनि कुरा बुझें। २ लाख पैसा लिएर भागोस् र मुनालाई बिर्सियोस्। म निम्न परिवारको मान्छे २ लाख मेरो लागि धेरै ठूलो रकम थियो। तर पनि २ लाख भन्दा ठूलो मैले मुनालाई सम्झें।
घरमा भएको श्रीमती र छोरीलाई लत्याएर म मुनाको पछि लागें तर आज मुना मेरो साथमा छैनन्। २०५६ साल असोज १० गते रातीसम्म मात्र मुना मेरो रहिछन् र २०५६ असोज ११ गते हाम्रो विछोडको दिन रहेछ। सुगा रटेझैं रटाएर मुनालाई मबाट अलग गराएरै छाड्नुभयो। २०५६ असोज १० गते राती मुनाले भनेकी कुरा अहिले पनि चसक्क दुःखेर आउँछ। यो रात नै हाम्रो अन्तिम रात हो भन्थिन्। जतिखेर हामी दुई एक थियौं। त्यो नै हाम्रो अन्तिम सेक्स रहेछ। अब हाम्रो भेट हुन्छ कि हुन्न ? म सिक्किम जान्छु तिमी घर, मुनाको ती शब्दले अहिले दुःखाइरहेछ। मुनाले मेरो एक-एक सामान झोलामा प्याक गरिदिइन्। मलाई पक्कापक्की भयो कि अब हाम्रँे भेट हुन्न किनकि मुनाले मेरो ऐना धरी हालिदेकिरहिछे। मैले त्यो ऐनालाई टुक्रा-टुक्रा पारी फुटाइदिएँ। ठूली आमा जो हवल्दार्नी भनेर चिन्नुहुन्छ र चिन्छन्। उहाँले चिया बनाएर ल्याउनु भएको थियो। त्यो पोखाइदिएँ। मलाई छुटाउन खोजेको आभाष पाएपछि मैले मुनालाई तथानाम गाली गरें। तिमीहरू रण्डी हौ, त्यसैले मलाई लखेट्दैछौ भनेर भन्नु नभन्नु भने तर मुनाले दशैंपछि भेट भइहाल्छ नि सान्त्वना दिइन् चाहे झुटै भए पनि।

मुना ! तिमी मलाई विश्वास गर। म तिम्रो केही बिगार्दैन। यो कथा पढेर तिम्रो त्यो पत्थर जस्तो मुटु पगालिएर तिमीले मलाई अपनाउन भने पनि अपनाउन सक्दिन। यो संसारै किन्न सक्ने धन दौलत दिए पनि म तिमीलाई आफ्नो बनाउन सक्दिन। तर यो मनले तिमीलाई एकपटक खोजिरहेछ। भन्छन् एउटा ठूलो अपराधिलाई मृत्युदण्डको सजाय हुनु अघि अन्तिम इच्छा सोधिन्छ। यदि तिम्रो हृदयमा अलिकति मात्रै कोमलता भावना बचेको छ भने मलाई एउटा ठूलो अपराधी सम्झेर अथवा मलाई मृत्युको फाँसीमा झुन्ड्याउनु अघि मेरो अन्तिम इच्छा दिनु। त्यो केवल तिमीलाई एकछिन भेट्नु हो। म तिमीसँग दयाको भिख मागेर भन्छु 'मुना ! म तिमीलाई एकपटक भेट्न चाहन्छु। तर मुना अहिले म नेपालमा छैन है। तिमीमा अलिकति मानवीय गुण र एउटा असल साथीको नाता बाँकी छ भने एउटा सानो पत्रमा दुई शब्द कोरेर पठाउनु है। अथवा एक कल फोन गर्नु ल ! मेरो ठेगाना यस प्रकार छ-
यहाँ लेख्ने क्रममा म शब्द आउँदा मेरो कथा भन्ने बुझिन्छ तर यो मेरो कथा होइन। यो कथा वा स्मरण रत्नबहादुर तामाङ्गकै हो। मुना र रत्नलाई सहयोग पुर्याउने नवलपरासी बट्टाडीकी गौरी तामाङ्गलाई धेरै-धेरै धन्यवाद छ। यो कथा गौरीले अथवा मुना सुब्बा भनेर चिन्नु हुने कसैले पाउनुभयो र पढ्नु भयो भने सहयोगको लागि आभारी छु। म तपाईंहरूको सहयोगको ऋणी बन्नेछु। मुना ! रत्नको अन्तिम इच्छा जुन तपाईंलाई भेट्ने हो त्यो इच्छा पूरा गरिदिनुहोला, म सिकारु लेखकको तर्फाट समेत हार्दिकतापूर्वक आग्रह गर्दछु। तपाईंहरूमा भएको कालो, मैलो, डर, त्रास अनि घृणा सबलाई फालेर एउटा उदाहरणीय असल साथीमा परिणत होस् भगवान् श्री पशुपतिनाथसँग हार्दिक-हार्दिक प्रार्थना गर्दछु।
No comments:
Post a Comment